भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

नेपालगन्ज । बाँकेमा पानी भरिएको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ । अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो पानीसहितको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको हो ।

जानकी गाउँपालिका वडा नम्बर ५ का ७ वर्षीय बालक सञ्जु कलबरको पानी भरिएको खाडलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरले बताए । बालक शौचालय जाने भनी निस्केका बेला पोखरीमा डुबेका थिए ।

मृतक बालकका परिवारले दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरीका अनुसार पहिला पनि यही खाल्डोमा डुबेर ९ बालकको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.