पार्टीको सिफारिसमा संसद सचिवालयले पनि सरिता गिरीलाइ (सांसद)पद मुक्त गरायाे

पार्टीको सिफारिसमा संसद सचिवालयले पनि सरिता गिरीलाइ (सांसद)पद मुक्त गरायाे

२५ असार २०७७ काठमाडौं । प्रतिनिधिसभाकी सदस्य तथा समाजवादी पार्टीकी सरिता गिरिको सांसद पद रिक्त भएको छ। समाजवादी पार्टीको निर्देशन उल्लंघन गरेको भनि पार्टीको बैठकले पत्र पठाएको आधारमा उनको पद रिक्त भएको । पार्टीले पठाएको पत्र सभामुखले स्वीकृत गरेसँगै गिरिको सांसद पद मुक्त भएको संसद सचिवालयले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिन आएकोले नेपालको संविधानको धारा ८९ बमोजिम माननीय सदस्य श्री सरिता गिरिको प्रतिनिधिसभा सदस्य पद एक रिक्त हुन आएको हुँदा सम्माननीय सभामुख ज्यू बाट स्वीकृत भएको भनेर संसद सचिवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

samsadसभामुखले समाजवादी पार्टीको पत्र स्वीकृत गरेसँगै नेपालको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा २ तथा प्रतिनिधिसभा नियमावली,२०७५ को नियम २१२ को उप नियम २ बमोजिम सबैलाई जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.