भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

सार्वजनिक यातायात संचालन हुने, सरकारका निर्णयहरू (भिडियो सहित)

सार्वजनिक यातायात संचालन हुने, सरकारका निर्णयहरू (भिडियो सहित)

२५ असार २०७७ काठमाडौं । सार्वजनिक यातायातका साधन सञ्चालन गरिने भएको छ । सरकार प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारले गरेका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन । यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर मात्र यातायात सञ्चालन गर्न पाउने उनको भनाई छ ।

उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने बताइएको छ । ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्ने छ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/710084569837638/

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.