पाल्पा । नेपाल जग्गा तथा आवास विकास संघको पाल्पा जिल्ला तदर्थ समिति गठन गरिएको छ । महासंघका केन्द्रीय सचिव रामसुन्दर बकेको उपस्थितिमा पाल्पाका घरजग्गा ब्यवसायी कमल प्रकाश ढकालको अध्यक्षता शुक्रबार पाल्पा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै संघका सचिव रामसुन्दर बकेले घरजग्गा व्यवसायीहको हक हितका लागि महासंघ निरन्तर रुपमा लागिरहेको बताउदै भू-उपयोग नीतिले ल्याएको अन्यौतालाई चिर्दै महासंघ अधि बढिरहेको जानकारी दिए । सचिव बकेले व्यवसायीहरुका समस्या लिएर महासंघ प्रधानमन्त्री कहाँ समेत पुगेको स्मरण गराएका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन बहादुर राउत, दशरथ पौडेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण महेश शर्मा आचार्यले गरेका थिए । पाल्पा जग्गा तथा आवास संघको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
