भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पाल्पा जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी कमल प्रकाश ढकाल चयन

पाल्पा जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी कमल प्रकाश ढकाल चयन

पाल्पा । नेपाल जग्गा तथा आवास विकास संघको पाल्पा जिल्ला तदर्थ समिति गठन गरिएको छ । महासंघका केन्द्रीय सचिव रामसुन्दर बकेको उपस्थितिमा पाल्पाका घरजग्गा ब्यवसायी कमल प्रकाश ढकालको अध्यक्षता शुक्रबार पाल्पा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका सचिव रामसुन्दर बकेले घरजग्गा व्यवसायीहको हक हितका लागि महासंघ निरन्तर रुपमा लागिरहेको बताउदै भू-उपयोग नीतिले ल्याएको अन्यौतालाई चिर्दै महासंघ अधि बढिरहेको जानकारी दिए । सचिव बकेले व्यवसायीहरुका समस्या लिएर महासंघ प्रधानमन्त्री कहाँ समेत पुगेको स्मरण गराएका थिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन बहादुर राउत, दशरथ पौडेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण महेश शर्मा आचार्यले गरेका थिए । पाल्पा जग्गा तथा आवास संघको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.