भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दुर्गमका विद्यालयमा प्रविधि

दुर्गमका विद्यालयमा प्रविधि

हुम्ला । हुम्लाका विद्यालयहरु प्रविधिमैत्री बन्दै छन् । एक साथ तीन वटा माध्यामिक विद्यालयमा विधुतीय पुस्तकालय स्थापना गरिएसँगै शिक्षक, विधार्थीलाई प्रविधिसँग घुलमिल हुन सहज भएको छ ।

विद्यालयलाई कागज लेस बनाउन र विधार्थीलाई अतिरिक्त ज्ञान हाँसिल गर्नका लागि यो पुस्तकालय स्थापना गरिएको हो । विद्यालयमा पहिलो पटक ई पुस्तकालय स्थापना भएर प्रयोगमा आएको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविका प्रधानाध्यपक दिलबहादुर शाहीले बताए ।

अब विद्यालय कागजविहीन भएको छ । पुस्तकालयमा तीन लाख पुस्तक र दुई लाख भिडियोको साथै तीस हजार भन्दाबढी सङ्ख्यामा अडियो समेत हेर्न सकिने छ । जुन नेपाल सरकारले तयार पारेका पाठ्यक्रममा आधारित रहेको कारण निक्कै उपयोगी हुने छ ।

कम्प्युटर वा मोवाइलबाट सहजै विद्यलायका सवै जानकारी र विषयवस्तुको जानकारी लिन सकिनेछ । पुस्तकालयको स्थापना भएसँगै विद्यालयका सम्पुर्ण गतिविधिहरू अनलाइन र अफ लाइनमार्फत् भर्चुअल कक्षाहरू सञ्चालन गर्न सकिने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.