भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पूर्व यूवराज पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्यहरु भारत भ्रमण जाने

पूर्व यूवराज पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्यहरु भारत भ्रमण जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँन लागेका हुन । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उनी पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा गएका थिए । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जाने भएका हुन ।

उनका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् । शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको जनाइएको छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका थिए । नेपालगञ्जको रामलिला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आह्वान गरेका थिए ।

पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लागेका पूर्व राजाको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु भारत जाने बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.