भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक, मुहान सुक्न थालेपछि समस्या

पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक, मुहान सुक्न थालेपछि समस्या

काठमाण्डौ । मुहान सुक्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पानीको समस्या पैदा भएको छ । पानी नपर्दा खोला र नदीमा पानीको मात्रा घटेकाले समस्या उत्पन्न भएको हो । पानीको समस्या उतपन्न भएसंगै अनावश्यक पानी खर्च नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको हो । नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी प¥याउन गाह्रो परेको भन्दै सूचना समेत निकालेको छ ।

खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानले जनाएको छ । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको र पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको जनाइएको छ ।

पोखरामा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको र ४८ हजार धारा जडान भएका छन् । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानले जनाएको छ ।

पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ भएपनि यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको संस्थानले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.