भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत शाही विभूषित

प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत शाही विभूषित

काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही विभूषित भएका छन् ।

नगरपालिकाको सेवा प्रवाह र सामाजिक क्षेत्रको विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप शाहीलाई विभूषित गरिएको हो ।

सरकारले २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषणहरुमध्ये मानपदवी (नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री कीर्तिमय राष्ट्रदीप,

राष्ट्रदीप, प्रवल जनसेवाश्री र जनसेवाश्री) प्राप्त गर्ने महानुभावहरुलाई २०८० वैशाख १ गते बिहान ११ः०० बजेदेखि राष्ट्रपति कार्यालय महाराजगञ्जमा विभूषित गरेको हो ।

समारोहमा ३ नं. पोशाक सहित उपस्थित भएकाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विभूषित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.