भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

प्रशान्त क्षेत्रमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई अस्ट्रेलियाको आग्रह

प्रशान्त क्षेत्रमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई अस्ट्रेलियाको आग्रह

अस्ट्रेलिया । अस्ट्रेलियाले प्रशान्त महासागरीय टापुमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई आग्रह गरेको छ । अस्ट्रेलियाका प्रशान्त क्षेत्र मामिला मन्त्री प्याट कोनरोयले चीन र पश्चिमा देशबीच स्थायी प्रतिस्पर्धाको अवस्था रहेको स्वीकार गर्दै प्रशान्त टापु राष्ट्रहरूका लागि जाने नयाँ आर्थिक अवसरहरू हस्तक्षेपकारी भूमिकामा हुन नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनले दिइरहेको सहायता थप पारदर्शी हुनुपर्ने र पूर्वाधार परियोजनाहरूलाई प्रशान्त क्षेत्रका लागि स्थानीय रोजगारी, सीप र खरिद बढाउने अवसरको रूपमा लिनुपर्ने उनले बताए । सन् २०२२ मा सोलोमन टापुसँग चीनले गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो । चीनले केही महिनाअघि सोलोमन टापुको बजेटमा दुई करोड अमेरिकी डलर लगानी गर्नेलगायत प्रभाव–निर्माण प्रयासहरूको आफ्नै झुकाव शुरू गरेको छ ।

विशाल तर कम जनसङ्ख्या भएको दक्षिण प्रशान्त क्षेत्र हुँदै धेरै महत्त्वपूर्ण सामुद्रिक मार्गहरू जान्छन् । यो ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा जाने सम्भावित महत्त्वपूर्ण प्रवेशद्वार हो । यस क्षेत्रमा जबरजस्ती लगानी हुँदा यसले भविष्यमा द्वन्द्वको सिर्जना गर्नसक्ने अस्ट्रेलियाको भनाइ छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.