भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब सरकार होइन जनता खोज्दै देशभर हिँड्छौँः प्रचण्ड

अब सरकार होइन जनता खोज्दै देशभर हिँड्छौँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। पार्टी कार्यालयमा बुधबार आयोजित माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो प्राथमिकता सरकारभन्दा जनता रहेको बताए।

उनले संविधान संशोधन कुराले आफूहरू नआत्तिएको भन्दै अग्रगमनका लागि संशोधन गर्न तयार रहेको बताए। आफूहरू सरकार खोज्दै नहिँडे पनि सरकार आफूहरूलाई खोज्दै आउनसक्ने उनले बताए। ‘हामी त सरकार खोज्दै हिँड्दैनौँ, जनता कार्यकर्ता खोज्दै देशभर हिँड्छौँ।’ प्रचण्डले भने, ‘तर सरकार नै हामीलाई खोज्दै आउँछ कि भन्ने डर छ।’

 

 


Thali Mobile Pvt.Ltd.