भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

रूकुममा प्रहरीको बर्दीधारीले महिलालाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक

रूकुममा प्रहरीको बर्दीधारीले महिलालाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक

२४ असार २०७७ रूकुम । पर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको निर्वाचन क्षेत्रमा यस्तो घटना भन्दै एक महिलाइ निर्घात कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । रूकुम सोतीमा दानवीय प्रवृतिको घटना चरमउत्कर्षमा पुगेका बेला जनार्दन शर्माकै नगरपालिका कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् ।

पशुजस्तै गरी बर्दिधारी प्रहरीले आफ्नो मर्यादा विपरित महिलालाइ मरणाशन्न हुनेगरि कुटपिट गरेका छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । घटना जेठको भएपनि अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको केसीको भनाइ छ । आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवानले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।

भिडियो सार्वजनिक भएपछि महिला प्रहरीलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीको भनाइ छ । आचरण विपरित कार्यमा दोषी ठहरिए कानून अनुसार कारबाही गरिने उनको भनाइछ । कुटपिटको घटना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.