भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फालेलुङमा चैत ३० देखि चौँरी पर्यटन महोत्सव, भुटानसम्मका पर्यटक आउँने

फालेलुङमा चैत ३० देखि चौँरी पर्यटन महोत्सव, भुटानसम्मका पर्यटक आउँने

पाँचथर । फालेलुङमा चौँरी महोत्सवको छैटौँ संस्करण चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ । २०७४ सालदेखि आयोजना हुँदै आएको चौँरी महोत्सव यो वर्ष पनि आयोजना हुन लागेको हो ।

महोत्सवलाई ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव’ नाम दिइएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्धनमा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्धन संस्था र दीप ज्योति युवा क्लबले महोत्सवको आयोजना गर्न लागेका हुन् ।

फालेलुङ ४ चाररातेमा हुने महोत्सवको तयारी भइरहेको आयोजकले जानकारी दिएको छ । हिमालको पर्यायका रूपमा स्थापित चौँरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौँरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताए ।

पाँच सय भन्दा धेरै चौँरी र याकको प्रदर्शनी गरिने छ भने याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि पनि महोत्सवमा राखिएको संस्थाका उपाध्यक्ष शिल्प राईले बताए ।

महोत्सव क्षेत्रमा चौँरी र भेडाजन्य उत्पादनका स्टल राखिने छ । नेपालका विभिन्न जिल्लासँगै भारतको पन्जाब, वेष्ट बङ्गाल, कोलकत्तासँगै भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजार भन्दाबढी पर्यटक ल्याउने आयोजकको लक्ष्य छ ।

 


Thali Mobile Pvt.Ltd.