भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फिरौती नपाएपछि यादवको हत्या

फिरौती नपाएपछि यादवको हत्या

जनकपुरधाम । सिरहामा एक जनाको अपहरण पछि हत्या भएको छ ।

अपहरणकारीले फिरौती रकम नपाएपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस २ प्रहरी कार्यालय प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव र ईन्द्र देबलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । मृतक यादवका दाई केहि दिन पहिले वैदेशिक रोजगारबाट घर आएको समय पारेर उनीहरु अपहरण गरी फिरौती रकम मागेका थिए ।

परिवारजनले फिरौती रकम नदिएपछि गत आइतबार यादबको हत्या गरी मिर्चैयां १ स्थित आँप बगैचामा शव फालेको अनुसन्धानबाट खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.