काठमाडौं । नेपाली काँग्रेस १६ जिल्लामा हुन बाँकी अधिवेशन फेरि स्थगित भएको छ ।
फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो ।ती जिल्लाको अधिवेशन फागुन २० गते हुने नेपाली काँग्रेसले जनाएको छ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत एमसीसी र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ ।
