भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एमसीसी सम्झौताबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

एमसीसी सम्झौताबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्मा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी हुने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । गत आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।

एमसीसीबारे छलफल हुने भएपछि कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेको छ । एमसीसीबारे गठबन्धनमा मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसंग सहकार्य गरेर अघि बढ्ने विषयमा अग्रसर देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.