भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

फोहोरका गाडीबाट शुल्क नउठाउने, आन्दोलन भने कायमै

फोहोरका गाडीबाट शुल्क नउठाउने, आन्दोलन भने कायमै

नुवाकोट । ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क नउठाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै गाउँपालिकाले काठमाण्डौबाट बञ्चरेडाँडा जाने फोहोरका गाडीसँग प्रवेश शुल्क नउठाउने निर्णय गरेको हो ।

फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमवार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको थियो ।

गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरे पनि आन्दोलन भने चलिरहेको स्थानीयले बताएका छन् । आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको फोहोर बोकेका गाडी दुई दिनदेखि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.