भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

फ्रिजमा राखिएको माछा र मासुमा तीन हप्तासम्म बाच्न सक्छ कोरोना भाइरस

फ्रिजमा राखिएको माछा र मासुमा तीन हप्तासम्म बाच्न सक्छ कोरोना भाइरस

काठमाडौ भाद्र १० । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे नयाँ तथ्य खुलेको छ । मानिसले खाने माछा, मासुमा समेत कोरोनाभाइरस लामो समय बाँच्ने तथ्य खुलेको हो ।

फ्रिजमा राखिएको माछा, मासुमा करिब ३ हप्तासम्म कोरोना भाइरस बाँच्न सक्ने एक अध्ययनले प्रमाणित गरेको हो ।

दूषित खानाले पनि कोरोनाभाइरसको प्रकोप निम्त्याउन सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् । सिंगापुरको सुपरमार्केटबाट सालमन माछा, कुखुरा र सुँगुरको मासुको टुक्रा काटेर भाइरसको नमूना राखेर अध्ययन गर्दा ३ हप्तापछि फ्रोजन माछा मासुमा कोरोना सक्रिय रहेको पाइएको अध्ययन प्रमाणित गरेको हो ।

अत्याधिक चिसो मौसममा कोरोनाभाइरस बाँच्न सक्ने हुनाले फ्रोजन मासु र माछामा तीन हप्तासम्म बाँच्न सक्ने बताइएको छ । एक ठाउँबाट प्याक गरेर अर्को स्थानमा फ्रोजन गरेका माछा मासु लैजादा कोरोनाको संक्रमण हुन सक्ने वैज्ञानिकहरूको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.