भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सन्दीप लामिछानेको सीपीएलमा उत्कृष्ट प्रदर्शन

सन्दीप लामिछानेको सीपीएलमा उत्कृष्ट प्रदर्शन

काठमाडौं  । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।  सन्दीप आवद्ध जमैकाले बार्बाडोस ट्राइडेन्ससँग प्रतिष्पर्धा गरिरहेको छ ।

ट्रीनिडाड एन्ड टोबेगोमा चलिरहेको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको छ । जमैका तलाबाजबाट खेलेका सन्दीपले १६ रन जोड्दै २ विकेट लिएका छन् ।

पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । बार्बाडोस भने दोस्रो जितको खोजीमा रहेका छन् । चार खेलमा २ अंक जोडेको बार्बाडोस तालिकाको पाँचौ स्थानमा रहेको छ ।

बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १४९ रनको लक्ष पाएको हो । क्विन्स पार्क ओभलमा साविक विजेता बार्बाडोसविरुद्ध मैदान उत्रिँदा जमैका तेस्रो जितको खोजीमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.