भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बलात्कारको आरोप लागेका सन्दीप निलम्बित

बलात्कारको आरोप लागेका सन्दीप निलम्बित

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नाबालिका माथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि निलम्बनमा परेका हुन्।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो। क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुासर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ, ।

संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उता लामिछानेले भने आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन्।

मल्लले लामिछानेले आफूसँग कुराकानी भइसकेको जानकारी दिए । मल्लले आफूलाई कानुनी उपचारमा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका थिए।

 


Thali Mobile Pvt.Ltd.