भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

शैक्षणिक गतिविधिप्रति ध्यान नदिएको भन्दै विद्यार्थीहरू आन्दोलित

शैक्षणिक गतिविधिप्रति ध्यान नदिएको भन्दै विद्यार्थीहरू आन्दोलित

महोत्तरी । प्रधानाध्यापक हटाउनुपर्ने माग गर्दै राष्ट्रिय मावि सम्सीका विद्यार्थीहरू आन्दोलित भएका छन्। विद्यालयका प्रधानाध्यापक रामबाबु यादवले विद्यालयको शैक्षणिक गतिविधिप्रति खासै ध्यान नदिएको भन्दै विद्यार्थीहरू कार्यालयमा तालाबन्दी गर्दै सडकमा उत्रेका छन्।

नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरूले प्रधानाध्यापक विरुद्ध नारावाजी गरेका थिए। विद्यार्थी नआएपनि उनीहरूको हाजिरी शिक्षक आफैंले मनोमानी ढंगले बनाइदिने गरेको विद्यार्थीले आरोप लगाएका छन्।

पोसाक (ड्रेस) उपलब्ध नगराइएको र पुस्तकहरू प्रधानाध्यापकले अन्तै बेच्ने गरेको आरोप लगाएका छन्। ५ वर्ष अघिदेखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाइ नगरेको विद्यार्थीले गुनासो गरे।

साथै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र पठनपाठन ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।

यता, सम्सी गाउँपालिका वडा न – २ का वडाध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए । विद्यालय लामो समयदेखि व्यवस्थापन समिति विहीन रहेको छ।

 


Thali Mobile Pvt.Ltd.