१३ असार २०७७ काठमाडौं । शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ भने मध्ये २८ जनाको मृत्यु भएको छ । संक्रमित मध्य २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन । तीमध्ये महिला १८ र ११८ जना पुरुष छन् ।
गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ पुरुष, कास्की ४ महिला र १० पुरुष, पर्वतका १ पुरुष, स्याङजाका १ महिला, जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला डिस्चार्ज भएका छन् ।
कोरोना विशेष अस्पताल दाङ १ पुरुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७महिला र ६ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाबाट ४ महिला र २ पुरुष र बाँकेका २ महिला र २१ पुरुष डिस्चार्ज भएका छन् ।देशभरबाट हालसम्म महिला २४२ र २ हजार २५९२ जना पुरुष डिस्चार्ज भएका हुन ।