भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

असार अन्तिम साता रेडक्रसको महाधिवेशन, बाधा अड्काऊ परे फुकुवा गरिने

असार अन्तिम साता रेडक्रसको महाधिवेशन, बाधा अड्काऊ परे फुकुवा गरिने

१३ असार २०७७ काठमाडाैं । बन्दाबन्दीको कारण हुन नसक्ने नेपाल रेडक्रसको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन परिस्थितिलाइ मध्यनजर गर्दै असारको अन्तिम साता गर्ने भएकाे छ ।  केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औँ अधिवेशन काठमाण्डौँ उपत्यकाभित्र गर्ने बताएकाे हाे ।

अध्यक्ष संजीव थापबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गर्दै विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ ।

बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको केकासको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको छ ।

यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको जनाएकाे छ ।

विद्युतीय बैठकलाई पनि आधिकारिक मानिने
बन्दाबन्दी अवस्था, भविश्यमा आइपर्नसक्ने विषम विपदको अवस्था र अन्य कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएर केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने रेडक्रसले जनाएकाे छ ।

त्यस्तो बैठकले गरेको निर्णय केकासको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने भन्दै विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरि प्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिलाई पनि क्रियाशिल बनाइएको जानकारी दिएकाे छ ।

कोभिड १९ को प्रतिकार्यमा अग्रपंतिमा
नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको छ । भारतलगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्धारहरु, जिल्लाहरुका होल्डिङ सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् ।

त्यस्तै समुदायमा सेवा अन्तरर्गत २ लाख ७१ हजार ९ सय मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, ६ सय २७ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार ६ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन गरेकाे गरेकाे छ ।

क्वारेन्टाइन सहयोग अन्तरगत १३ हजार ३ सय १० कम्बल, एकहजार नौसय ६३ त्रिपाल र ३ सय ९३ टेन्ट, ३ हजार २ सय झुल वितरण गरिएको छ । ८ सय ७० तन्ना र एकहजार सातसय चार गुन्द्री उपलव्ध गराइएको छ । साथै, लकडाउनले अफ्टेरो पारेका १७ हजार ९ सय मानिसहरुलाई खानाको व्यवस्था गरेको छ ।

निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२८ वटा सचेतनामूलक रेडियो कार्यक्रम बजाइएको छ । यसरी स्वास्थ्य तथा सेवा, आवास, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार÷सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण क्षेत्रमा संस्थाले नेपाल सरकार र सरोकारवालासँग मिलेर कार्य गरिरहेको रेडक्रसले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.