भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

बागमती प्रदेशका मुख्यमन्त्रीसहित विशिष्ट व्यक्तिलाई मध्यपुरमा सम्मान (भिडियो)

बागमती प्रदेशका मुख्यमन्त्रीसहित विशिष्ट व्यक्तिलाई मध्यपुरमा सम्मान (भिडियो)

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत विशिष्ट व्यक्तिलाई सम्मान गरिएको छ । जनयुद्ध दिवसको अवसरपारी नेकपा माओवादी केन्द्रको नगरसमितिले बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान गरेको हो ।

उक्त अवसरमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले शहिदका सपना साकार पार्न बागमति प्रदेश सरकार लागिपर्नेमा जोड दिए । जनतालाई खुशी र सुखी बनाउने बिश्वास व्यक्त गर्दै प्रदेश सरकारले भाषा आयोगको सिफारिसमा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लिने बताए ।

त्यसका लागि छिटै कानुन बनाएर अघि बढ्ने उनको भनाइ छ । आज आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपमेयर समेत रहेका नेकपा (माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले भक्तपुरका सम्पदा संरक्षण र विकास निर्माणमा प्रदेश सरकारले नजिकबाट हेर्नु पर्ने बताए । अब नेताहरुले भाषण गरेर होइन व्यवहारत जनताका काममा निरन्तर लाग्नु पर्ने धारणा राखे ।

हेर्नुहोस् भिडियो…


भक्तपुर इन्चार्ज रहेका नेकपा (माओवादी केन्द्र) का नेता दिलिप प्रजापति भिष्मले राजनीतिक व्यवस्था बदल्न सफल भएपनि जनताको अवस्था बदल्न बाँकी रहेकाले सरकारमा गएका नेताहरुले जनमुखि बजेट ल्याएर विकास निर्माणका कार्यलाई अघि बढाउनु पर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, मुख्य मन्त्रीका प्रमुख सल्लाहकार डिपी ढकाललगायतले धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा भुवनकेशरी श्रेष्ठ, सुनिल गोठे बासु, जे पाक्छ त्यहि बिक्छ अभियानका अभियान्ता रामसुन्दर बकेलगायतको आतिथ्यता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.