भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बाजा सहयोग

बाजा सहयोग

रामपुर । आदिवासी जनजाति समन्वय समिति रामपुरले कलासंस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ । समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो ।

सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुख्र्यौली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताउनुभयो । कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ ।”

 


Thali Mobile Pvt.Ltd.