पाँच लाख रुपैयाँ पुरस्कार दिइने घोषणा

पाँच लाख रुपैयाँ पुरस्कार दिइने घोषणा

काठमाण्डौ । ललितपुर महानगरपालिका वडा नम्बर २७ ले चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरिएको छ। ललितपुरको सुनाकोठीबाट चोरी भएको एक हप्ता बिते पनि मूर्ति भेट्टाउन नसकेपछि बालकुमारी गुठीले विशेष सूचना निकालेर यस्तो घोषणा गरेको हो।

चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली लागिरेहेको छ । माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको र सुराकी दिने व्यक्तिको गोपनीयता पनि कायम गरिने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.