भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प

बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प

काठमाण्डौ । आइतबार राति दश बजेर २७ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ । बाजुरको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको र त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले जोखिम कायमै रहेको भूगर्भविद्ले बताउँदै आएका छन् ।

माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.