भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बाढीका कारण दुई वटा माइक्रो बस, दुई वटा पिकअप भ्यान पुरिए

बाढीका कारण दुई वटा माइक्रो बस, दुई वटा पिकअप भ्यान पुरिए

काभ्रे । बाढीका कारण बन्द भएको वीपी राजमार्ग खुलेको छ । बाढीका कारण काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको वीपी राजमार्ग खुलेको हो । लेदोसँगै बाढी आएपछि यात्रु र चालक गाडीबाट ओर्लिएर सुरक्षित ठाउँमा गएको र लेदोमा फसेका गाडीलाई डोजरको सहयोगमा निकाल्ने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

लेदोसहितको बाढीले चिउरीबासमा सडकसँगै रहेका क्षेत्रबहादुर लामाको दुई वटा घरमा नोक्सानी पु¥याएको जनाएको छ । कालढुङ्गामा लेदो माटोले दुई वटा माइक्रो बस र दुई वटा पिकअप भ्यान गरी चारवटा गाडी पुरेको छ । लेदोलाई हटाएर गाडी आवतजावत खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.