भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको ज्यान गयो

बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको ज्यान गयो

काठमाण्डौ । देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण एक महिनामा एक सय आठ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोलगायत विपदमा परेर एक सय आठ जनाको ज्यान गएको हो । ज्यान जानेमा काठमाण्डौ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन् ।

यस्तै एक सय १९ जना घाइते भएका छन् । बाढीको कारण एक सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ । यस्तै दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.