भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बाढीले कैलालीमा अत्यधिक क्षति

बाढीले कैलालीमा अत्यधिक क्षति

भजनी । बर्सेनि बाढी र डुबानका कारण कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षातको समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।

भजनीकै रामकृष्ण चौधरी समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ ।

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । स्थानीय रीता बोहराले भनिन् । ‘बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ ।’

 


Thali Mobile Pvt.Ltd.