भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बानेश्वरमा प्रधानमन्त्री दाहाल विरूद्ध नाराबाजी

बानेश्वरमा प्रधानमन्त्री दाहाल विरूद्ध नाराबाजी

काठमाडौं। नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरका
मंगलबार प्रधानमन्त्री दाहाल जाँदै गर्दा ३ जना युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका हुन् । प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए । ति युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्री दाहाललाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ति युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाएका थिए ।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.