भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने सिरुवा पर्व

बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने सिरुवा पर्व

काठमाण्डौ । आज भोली तराईका विभिन्न ठाउँमा सिरुवा पर्वको रौनक छाएको छ । सिरुवा पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा मनाउने गरिन्छ ।

पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । यो पर्वलाई समय परिवर्तनको सङ्केतको रुपमा समेत मनाउने गरिन्छ ।

सिरुवा पर्वमा मेला लाग्ने ठाउँमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पनि पानी हाल्ने प्रचचलन रहेको छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गर्छ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.