काठमाडौं । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एस)सहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरू बिच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकलाई चाँसोकासाथ हेरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत बैठकमा शीर्ष नेतृत्वको उपस्थिति छ ।
नेकपा (एस)ले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारिरहेको छ ।
यस्तै कांग्रेसले पनि राष्ट्रपति आफ्नो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेको छ । उपेन्द्र यादवले भने उपराष्ट्रपति ताकेको स्रोतको दावी छ ।
