मकवानपुर । जंगली हात्तीको आक्रमणमा परी एक जना पुरुषको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।
बिहीबार राति ९ बजे घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशीघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग आग्रह गरेका छन् ।
