भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बालुवाटारमा रजाँइ गरेर नेकपाले राज्यकोषको दोहन गरेको छ : प्रतिपक्ष

बालुवाटारमा रजाँइ गरेर नेकपाले राज्यकोषको दोहन गरेको छ : प्रतिपक्ष

१४ असार २०७७ काठमाडौं । बालुवाटारमा बसेर नेकपाले रजाँइमात्रै गरेको छैन, उसले बालुवाटारबाटै आर्थिक रूपमा राज्यलाई दोहन गरिरहेको आरोप प्रतिपक्षले आरोप लगाएको छ । नेकपाले पार्टीका सबै गतिविधि, भेटघाट, बैठक, भेला र भोजभतेर गरेर राज्यकोषको दुरुपयोग गरिरहेको प्रमुख प्रतिपक्षले ठहर गरेको छ ।

नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् । बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर आर्थिक दोहन गरिरहेको उनको ठकर छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील भएर विषय जोडदार रूपमा उठाइएको, एकतापछि सबैजसो बैठक बालुवाटारमै बसेको, तर प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील बन्नुपरेका कारण यस्तो गर्नु परेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले स्वीकारेका छन् ।

पार्टी एकतापछि लगभग ५० भन्दा बढी बैठक बालुवाटारमा बसेको नेकपाले जनाएको छ । दुईवटा केन्द्रीय कार्यालय रहेका नेकपाका सबै बैठक बालुवाटार केन्द्रीत हुनुले काँग्रेस सशंकित भएको हो । शनिबार पनि नेकपा बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेपछि काग्रेसले यस्तो अभिव्यक्ति दिएको हो ।