भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

घोर्नेटीमा तरकारी सङ्कलन केन्द्र सुचारु भएपछि किसान हर्षित

घोर्नेटीमा तरकारी सङ्कलन केन्द्र सुचारु भएपछि किसान हर्षित

१४ असार २०७७ रुकुम । मुसिकोट नगरपालिका वडा न ९ स्थित घोर्नेटीमा रहेको तरकारी सङ्कलन केन्द्र सुचारु भएको छ । तीन लाखको लागतमा निर्माण गरिएको तरकारी सङ्कलन केन्द्रको भवन संचालन गरिएसंगै तरकारी सङ्कलन गरेर बिक्री बितरण सुरु गरिएको हो ।

जनचेतना कृषक समुहले लिङगुरमा १९ वटा टनेलमा पाच जनाले सामुहिक तरकारी खेती गरेर उत्पादन गरेको तरकारी र अन्य ११ जनाले ब्यक्तिगत रुपमा १० वटा टनेल र खुल्ला रुपमा ताजा तरकारी उत्पादन गर्दै आएपनि बिक्रिका लागि केन्द्र नहुदा समस्यामा पर्दैआएका थिए ।

अहिले उक्त केन्द्र संचालनमा आएपछि उनिहरुले उत्पादन गरेको सम्पुर्ण तरकारी घोर्नेटिमा जम्मा गरेर एकमुष्ट रुपमा बजारमा लगेर बिक्री गर्न सुरु गरेका छन् । टमाटर तथा तरकारी सङ्कलन गर्नको लागि आबश्यक पर्ने ३० वटा क्यारेट र नापतौलका लागि काटाको ब्यबस्था वडा कार्यालयले निशुल्क उपलब्ध गराएको छ ।

टमाटर, भिरेखुर्सानी, काक्रा, भान्टा आदि धमाधम सङ्कलन गरेर बिक्रि भैरहेको छ । किसानले गाउँमा उत्पादन गरेको तरकारी गाउँमै सङ्कलन गरेर बिक्रि हुनथालेपछि कृषकहरु खुसी भएका छन् । किसानको उत्पादन गरेको तरकारी बिक्रिको जिम्मा वडा कार्यालयले लिएपछि किसानले वडा कार्यालयलाई धन्यवाद दिएका छन् ।

उत्पादन बढाउन र सामुहिक तरकारी खेती गर्न किसानलाई वडा कार्यालयले सघाउ पु¥याएको भन्दै वडाध्यक्ष नविन ओलीले उत्पादित तरकारी सबै वडाकार्यालयले जिम्मा लिने गरेको बताए । उत्पादनका लागि चाहिने आवश्यक कुराको ब्यवस्था समेत वडा सरकारले गर्ने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.