भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

अब मास्कबाट पनि फोन गर्न मिल्ने, यस्तो छ अत्याधुनिक मास्क !

अब मास्कबाट पनि फोन गर्न मिल्ने, यस्तो छ अत्याधुनिक मास्क !

१४ असार २०७७ काठमाडौं । विश्वमा कोरोना भाइरसले त्राहिमाम बनाईरहेका बेला कोरोनाबाट बच्न र फोन गर्न सकिने मास्क बजारमा आएको । जापानी कम्पनीले उक्त अत्याधुनिक मास्क निर्माण गरेर बजारमा ल्याएको घोषणा गरेको छ ।

बजारमा आएको उक्त मास्कमा ब्लुटुथ जडान गरिएको निर्माण कम्पनीले जनाएको हो । डोनट रोबोटिक्सले तयार गरेको अत्याधुनिक मास्कको नाम सी मास्क रहेको छ । सेतो प्लास्टिकबाट तयार पारिएको सो मास्क मोबाइलमा एप डाउनलोड गरेर चलाउन मिल्ने बनाइएको छ ।

ब्लुटुथका माध्यमबाट मास्कलाई स्मार्टफोन र ट्याब्लेटसँग जोड्न हेर्न मिल्ने कम्पनीले जनाएको छ । स्मार्ट फेस मास्कमा म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य भाषामा अनुवाद गर्न सकिन्छ । बोलेका कुराहरु मास्कले मान्छेको आवाजलाई पनि ठूलो बनाइदिने कम्पनीले जनाएको छ ।

कम्पनीले मास्कको मूल्य ४० डलर राखेको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले प्रविधिको प्रयोग गरेर मास्क तयार पारेको भन्दैचीन, युरोप, अमेरिका तथा विश्वका अन्य मुलुकमा ति मास्क विक्री गरिने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.