भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बालेन शाहको कडा जवाफ सिंहदरबार अरु पालिकामा सार्नुस्

बालेन शाहको कडा जवाफ सिंहदरबार अरु पालिकामा सार्नुस्

काठमाडौं । सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चुनौती दिएका छन् । काठमाडौं बासीको हितमा काम नगर्ने भए अरु पालिकामा सार्न मेयर बालेनले बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आग्रह गरेका हुन ।

सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबारभित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले काठमाडौंवासीलाई सम्पदा, संकृति, कला र सभ्यता चाहिएको बताए । उनले काठमाडौंवासीलाई राजनीति नचाहिएको तर्क गरे ।

उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने समेत बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा  लेखेको स्टाटस हेर्नुहोस् ।बालेन शाहको कडा जवाफ सिंहदरबार अरु पालिकामा सार्नुस्

 


Thali Mobile Pvt.Ltd.