काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः भिडन्त हुने भएको छ । प्रत्यासी रामचन्द्र संघाइ प्रतिस्पर्धाबाट बाहिरिएपछि दुईजनाबीच महा भिडन्त हुने भएको हो ।
बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । सार्वजनिक मत परिणाम अनुसार अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत पाए भने निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत मत पाएका छन् ।
३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट आउट भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएका उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।
एसोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी उम्मेदवारहरुः
एसोसिएटतर्फ
उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ
