भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेशबीच फेरी महाभिडन्त, नेपाल उद्योग वाणिज्य महासंघ चुनाव दोस्रो चरणमा

वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेशबीच फेरी महाभिडन्त, नेपाल उद्योग वाणिज्य महासंघ चुनाव दोस्रो चरणमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः भिडन्त हुने भएको छ । प्रत्यासी रामचन्द्र संघाइ प्रतिस्पर्धाबाट बाहिरिएपछि दुईजनाबीच महा भिडन्त हुने भएको हो ।

बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । सार्वजनिक मत परिणाम अनुसार अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत पाए भने निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत मत पाएका छन् ।

३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट आउट भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएका उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

एसोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी उम्मेदवारहरुः

एसोसिएटतर्फ
उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ

 


Thali Mobile Pvt.Ltd.