भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु, ११ घाइते

बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु, ११ घाइते

बाँके । बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको बाँकेका डीएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए।झडपमा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको भने उपचारको क्रममा निधन भएको डीएसपी डाँगीले जानकारी दिए । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ। झडपमा घाइते १० जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सुधार गृहमा रहेका दुई पक्ष झडपमा उत्रँदा बाल सुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। स्थिति अहिलेसम्म तनावग्रस्त नै रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.