भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बिजुक्छें परिवारको नाममा रहेको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

बिजुक्छें परिवारको नाममा रहेको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें परिवारको नाममा रहेको सतलघर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

जनप्रतिनिधिको सय दिनका अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका छोरा प्रयागमान बिजुक्छेँमार्फत उक्त सत्तल नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको हो । गणेशमान बिजुक्छेंका पाँच छोरामध्ये नारायणमान बिजुक्छें जेठा छोरा हुन् ।

बिजुक्छें दाजुभाईइका कान्छो भाई एवं भक्तपुर नगरपालिका–५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भीमसेन सतलको इतिहास बारे प्रकाश पारेका थिए ।

सत्तल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएकोमा बिजुक्छें परिवारले खुशी व्यक्त गरे । सत्तल हाल भक्तपुर नगरपालिका–५ सुकुलढोकामा पर्छ । दुई कितामा विभाजित सतल हस्तान्तरण गरिएको हो ।

एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल रहेको छ ।नगरपालिकामा हस्तान्तरण गरिएको सतलको थपअनुसन्धान गरी ऐतिहासिक आवश्यकताको अझ संरक्षण गर्ने नगरप्रमुख सुनिल प्रजापतिले प्रतिवद्धता जनाए ।

 


Thali Mobile Pvt.Ltd.