भर्खरै : Sorry, your browser does not support inline SVG.

सीमान्तकृत जनतालाई सचेत हुन सहरी विकास मन्त्री चौधरीको आग्रह

सीमान्तकृत जनतालाई सचेत हुन सहरी विकास मन्त्री चौधरीको  आग्रह

काठमाडौं । एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको नेकपा (एस)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले बताएका छन् ।

लालमटिया पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् ।

गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिएको छ ।’ जनताका सुख दुःखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने बेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई बेवास्ता गर्न नहुने तर्क गरे ।

विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ पुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन आग्रह गरे । कार्यक्रममा देवी कुमाल, कवेली कुमाल, श्यामी दमाई, पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.