भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बुहारीले गरिन् सासुको हत्या

बुहारीले गरिन् सासुको हत्या

धनकुटा । बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी बिबादमा बुहारीले सासूलाई कुटपिट गरेको अनुसन्धानमा खुलेको छ ।

मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.