भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार

तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार

काठमाडौं । भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् । सरकारले रोजगारी खोसेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले विज्ञप्ति जारी गर्दै राज्यले आफूहरूको उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएको संघको भनाई छ । भन्सार प्रतिनिधिहरूले पटक र पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण बुझाउँदा पनि सुनुवाइ नभएकोले आन्दोलनमा जानु परेको बताएका छन् ।

विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.