भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार

तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार

काठमाडौं । भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् । सरकारले रोजगारी खोसेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले विज्ञप्ति जारी गर्दै राज्यले आफूहरूको उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएको संघको भनाई छ । भन्सार प्रतिनिधिहरूले पटक र पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण बुझाउँदा पनि सुनुवाइ नभएकोले आन्दोलनमा जानु परेको बताएका छन् ।

विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.