भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बैतडीमा हावाहुरीका कारण दुई विद्यालयमा क्षति

बैतडीमा हावाहुरीका कारण दुई विद्यालयमा क्षति

बैतडी। हावाहुरीले बैतडीका दुई विद्यालयमा क्षति पुर्याएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ स्थित जवलपुर मावि सैलोडा र शिवनाथ गाँउपालिका–६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेको हो।

हावाहुरीका कारण दुवै विद्यालयमा १० लाखभन्दा बढीको क्षति भएको जनाएको छ। जवलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताए। आधारभूत तहका कक्षा ३ र ४ का विद्यार्थी बस्ने भवनमा हावाहुरीले क्षति पुर्‍याएपछि पठनपाठनमा समस्या भएको छ।

यस्तै शिवनाथ गाँउपालिका–६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयको छानो पनि हावाले उडाएको छ। हावाहुरीका कारण जस्तापाताले छाएको छानो उडाउँदा करिब २ लाख बराबरको क्षति भएको प्रधानाध्यापक चन्दले बताए । हावापुरीले अन्य दुई कोठामा पनि समान्य क्षति पुर्‍याएको उनले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.