भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बोआओ फोरमबारे खुल्यो रहस्य, प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेट सम्पन्न

बोआओ फोरमबारे खुल्यो रहस्य, प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेट सम्पन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ। बालुवाटारमा छन् सोङ र प्रधानमन्त्री  प्रचण्डबीच भएको भेटमा बोआओ फोरममा सहभागी नहुनुको कारणबारे खुलासा भएको हाे ।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको स्पष्ट पारेका थिए ।

सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति राजदूत छन् सोङले आपत्ति जनाए । प्रधानमन्त्री प्रचण्डले गत मंगलबार चिनियाँ राजदूतकै आग्रहमा बोआओ फोरममा सहभागी नभएको अभिव्यक्ति संसदमा दिएका थिए ।

राजदूत छन् सोङ बिहान १० बजे प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले बताएको छ । उनीहरूबीच करिब एक घण्टा सघन छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड बजेट लगत्तै भारत भ्रमणमा जाने पक्का भएको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने जानकारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.