भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ

भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले अनौठो घटना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीसंग बालयौन दुरुपोग गर्ने दिदीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्रापर्ने महिलालाई बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । भक्तपुरकी २१ वर्षकी दिदीले आफ्नै नाबालिका बहिनीसँगको यौनजन्य भिडियो बनाइ आफ्ना केटा साथीलाई पठाएको फेला आरोपमा ती महिला पक्राउ परेको भक्तपुर प्रहरीले जनाएको छ ।

जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो । प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० देखि अनुन्धनन थाले अनुसार यस्तो भेटिएको परिसले उल्लेख गरेको छ ।

ती महिलाले आफ्ना नाबालिक बहिनीसँग आफै संलग्न भइ यौनजन्य गतिबिधी गरि सोको भिडियो समेत बनाइ आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बालयौन दुरुपयोग गर्ने दिदीलाई भक्तपुर जिल्ला अदालतबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.