भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ

भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले अनौठो घटना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीसंग बालयौन दुरुपोग गर्ने दिदीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्रापर्ने महिलालाई बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । भक्तपुरकी २१ वर्षकी दिदीले आफ्नै नाबालिका बहिनीसँगको यौनजन्य भिडियो बनाइ आफ्ना केटा साथीलाई पठाएको फेला आरोपमा ती महिला पक्राउ परेको भक्तपुर प्रहरीले जनाएको छ ।

जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो । प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० देखि अनुन्धनन थाले अनुसार यस्तो भेटिएको परिसले उल्लेख गरेको छ ।

ती महिलाले आफ्ना नाबालिक बहिनीसँग आफै संलग्न भइ यौनजन्य गतिबिधी गरि सोको भिडियो समेत बनाइ आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बालयौन दुरुपयोग गर्ने दिदीलाई भक्तपुर जिल्ला अदालतबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.