भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर अस्पतालको साझामा स्वास्थ्य मन्त्रालयको ताला,औषधी व्यवस्था विभाग मुखदर्शक (भिडियो सहित)

भक्तपुर अस्पतालको साझामा स्वास्थ्य मन्त्रालयको ताला,औषधी व्यवस्था विभाग मुखदर्शक (भिडियो सहित)

भक्तपुर । भक्तपुर अस्पतालमा विना सम्झौता सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ताला लगाएको छ । विहिबार आकष्मिक रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अस्पताल अनुगमनको क्रममा फार्मासिष्ट विना औषधी विक्रिवितरण गरेको पाइएपछि साझालाई अर्को व्यवस्था नभएसम्म बन्द गर्न अनुगमन टोलीले आदेश दिएको हो ।

अनुगमनका क्रममा अनुगमन टोलीले फार्मासिष्ट विना औषधी विक्रिवितरण गरेको पाइएपछि अर्को आदेश नआउँदासम्म साझा बन्द गर्न निर्देशन दिनुका साथै साझा बन्द समेत गरेको थियो । साझालाई दिएको निर्देशनलाई अटेर गरि पुनः साझा सञ्चालनमा आएको स्रोतले जनाएको छ ।

विगत लामो समयदेखि साझाले सम्झौता नगरि साझा स्वास्थ्य सेवा सञ्चालन गरिरहेको भक्तपुर अस्पतालले जनाएको छ । भक्तपुर अस्पताल र साझाबीच  वेला–वेला विवाद चर्कीने गरेको छ । यस विषयमा औषधी व्यवस्था विभाग मुखदर्शक बनीरहेको आरोप समेत लाग्ने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.