भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

भक्तपुर जिल्लामा मतगणना, प्रजिअ र निर्वाचन अधिकृत के भन्छन् ? (भिडियोसहित)

भक्तपुर जिल्लामा मतगणना, प्रजिअ र निर्वाचन अधिकृत के भन्छन् ? (भिडियोसहित)

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ढिलोगरी मतगणना गरिएको छ । एउटा भोट गन्न सात देखि १० मिनेटसम्म लाग्ने गरेको छ । वडा नंं १ र २ को बाकस खोलेर मतगणना जारी गरेको निर्वाचन अधिकृत फन्डेश्वरी घिमिरेले बताइन् ।

प्रमुख निर्वाचन अधिकृत घिमिरेले मतगणनालाई प्रभावकारी बनाउन समय लाग्ने गरेको बताइन् । यता प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा ले भक्तपुरका चार वटै नगरपालिकामा मिडियालाई मतगणनाको अपडेट सहजिकरण गर्न छिटो छिटो मतपरिणाम दिन व्यवस्था मिलाएको बताइन् ।

तर प्रमुख जिल्ला अधिकारीले भने अनुसार सूचना दिनेकाम नगरिएको पत्रकारहरुले गुनासो गरेका छन् । गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अन्य नगरपालिकामा भन्दा चाँगुनारायणमा ढिला मत गणना कार्य भएको छ ।

यो समाचार तयार पार्दा वडा नं २ मा २०० मत गणना हुदा एमाले मेयर ६८ काँग्रेस ६९ हसिया हथौडोमा ६ र हलोमा ३२ प्राप्त भएको बताइन् । यता सुर्यविनायक र मध्यपुर थिमीमा पनि मतगणना जारी छ ।

हेर्नुहोस् भिडियो….

 


Thali Mobile Pvt.Ltd.