भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

देशभर कसले कहाँ जिते ?

देशभर कसले कहाँ जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ । देशभर अहिले सम्मको तथ्याङ्क हेर्दा मेयरमा नेकपा एमालेले ६ सिट जितेको छ भने उप–मेयरमा ५ सिट जितेको छ । त्यस्तै नेपाली काँग्रेसले मेयरमा ३ र उप–मेयरमा ३ सिट जितेको छ ।

माओवादी मेन्द्रले मेयरमा १ र उप–मेयरमा २ सिट जितेको छ । नेकपा एकिकृत समाजवादीले अहिले सम्म मेयरमा २ र उप–मेयरमा १ सिट जितेको छ । देशभर नेपाली काँग्रेसले मेयरमा १७९ ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा १४२ ठाउँमा अग्रता लिएको छ ।

त्यस्तै एमालेले मेयरमा ११४ ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा ११७ ठाउँमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले मेयरमा ७० ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा ६८ ठाउँमा अग्रता लिएको छ ।

त्यस्तै जसपा नेपालले मेयरमा ७ ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा ८ ठाउँमा अग्रता लिएको छ । लोसपाले मेयरमा १ ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा १ ठाउँमा अग्रता लिएको छ ।

नेकपा एकिकृत समाजवादीले मेयरमा ८ ठाउँमा अग्रता लिएको छ भने उपमेयरमा ७ ठाउँमा अग्रता कायम गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.