भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ्ग खेलमा गोल्डमेडल जित्न सफल खेलाडीहरुलाई बधाई तथा प्रमाण पत्र वितरण गरिएको छ ।
बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलका माध्यमबाट नेपाललाई चिनाउन र विश्व जगतमा नेपाली खेलाडीको पहिचान बनान प्रतियोगिताले मद्दत पुगेको बताए । फेसबुकमा राखेको भरमा परिवर्तन नहुने भन्दै प्रजापतिले पहिले राजनीति राम्रो हुनु पर्ने बताए ।
गलत मान्छे राजनीतिमा आए देशले नै दुःख पाउने बताए । गलत मान्छे नै सरकारमा गएकाले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला सरकारले बनाउन नसकेर एक जना कलाकारको जिम्मा लगाएको दृष्टान्त अगाडि सारे ।
तीन तहको सरकारले काम गर्न नसकेर एउटा कलाकारलाई स्टेडियम बनाउन दिनु दुःखद भएको टिप्पणी गरे । त्यसैले युवावर्ग जाँगरिलो, फुर्तिलो र राजनैतिकमा पोख्त भयो भने मात्र समाज सवल बन्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पंचहरूको खेलकारूपमा परिचित बक्सिङ्ग खेल बहुदल पछि नागरिकको खेल्का रुपमा विकास भएको बताए । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, र खेलकूदमा गरेको लगानी अहिले राष्ट्रले नै सम्झिन लायक भएको बताए ।
जसरी क्युवाका खेलाडि आज संसारभर पुगेका छन् । त्यसैगरी नेपाली खेलाडी पनि संसार भरी पुग्ने बातावरणको विकास गर्नु पर्ने जिकिर गरे । त्यसको नेतृत्व भक्तपुरले गर्नु पर्ने वक्ताहरुको जोड थियो ।
भनपाले गरिरहेको अन्तर नगर प्रतियोगिता सदासर्वदा गरिरहन नेपाल बक्सिङ्ग संघका सभापतिले अनुरोध गरे । भक्तपुरले भब्य र सभ्य खेल खेलाउन र खेलाडी उत्पादन गर्नमा दिएको ध्यानलाई धन्यवाद दिए ।
